काठमाडौँ, ४ साउन । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्य अवस्था सामान्य भएको नर्भिक अस्पतालले जनाएको छ । पूर्वराजा शाहको मुटुसम्म पुग्ने नशामा अवरोध देखिएपछि एनजीओप्लाष्टी गरिएको उपचारमा संग्लन अस्पतालका मुटुरोग विभाग प्रमुख डा यादवदेव भट्टले यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । पूर्वराजा शाह आज बिहान मुटुको उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएको थियो । डा यादवले…