काठमाडौं । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन भव्य रूपमा सम्पन्न भएको छ । जेन–जी आन्दोलनपछिको नयाँ राजनीतिक परिस्थितिमा आयोजित यो महाधिवेशनले पार्टीको नेतृत्वमा केपी शर्मा ओलीको निरन्तरता पक्का गरेको छ भने आन्तरिक लोकतन्त्र र युवा सहभागिताको बहसलाई पनि उजागर गरेको छ । भक्तपुरको सल्लाघारीमा भव्य उद्घाटन र काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र तथा मतदान सम्पन्न भएको यो…