धनगढी । गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र बहादुर बस्नेतले देशलाई समतामूलक समृद्धितर्फ उन्मुख गराउन ‘एजेन्डा–आधारित राजनीति’ अपरिहार्य भएको बताएका छन् । धनगढीमा आयोजित ‘उडान एवं कनेक्टिभिटी तथा जलस्रोतको अपार सम्भावना’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै बस्नेतले वर्तमान शासकीय पद्धतिले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको कारण निराशा बढेको र नयाँ राजनीतिक अभ्यास आवश्यक परेको बताएका हुन्…