काठमाडौं । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले ज्यापू दिवसलाई यस समुदायको पहिचान र अस्तित्वसँग जोडेर हेर्नुपर्नेमा जोड दिएकी छन् । २२औं ज्यापू दिवसका अवसरमा ज्यापू संस्कृति विकास कोषद्वारा आज यहाँ आयोजित समारोहमा उनले ज्यापू समाजको पहिचान र अस्तित्वको संरक्षण एवं प्रवर्द्धन सरकारको दायित्व भएको स्मरण गराइन् । यस दिवसले ज्यापूहरुको मेहनत, माटो र सांस्कृतिक पहिचान…