काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालमाथि ‘चुनाव फोबिया’ भएको गम्भीर आरोप लगाएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै नेता थापाले उनीहरू चुनाव गराउने प्राणी नै नभएको दाबी गरेका हुन्। थापाले कार्की र अर्यालका कामको लामो फेहरिस्तले नै उनीहरूमा ‘चुनाव फोबिया’ भएको पुष्टि गर्ने बताएका छन्।…