विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त बनेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अवलोकन गरेका छन् । अनुगमनपछि प्रदेश सरकारका सचिव तथा उच्च पदस्थ कर्मचारीहरूसँगको छलफलमा मुख्यमन्त्री कार्कीले आन्दोलनले प्रदेशलाई ठूलो नोक्सानी पु-याएको उल्लेख गर्दै कर्मचारीलाई त्रासमुक्त भएर कार्यस्थलमा फर्कन निर्देशन दिए । उनले दशैंअघि नै कार्यालय सञ्चालनको सम्पूर्ण…