काठमाडौं । नेपालमा दर्ता हुन नआएका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई सरकारले बन्द गर्ने निर्णय गरेको २४ घण्टा वित्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयको भने निर्वाध रुपमा सामाजिक सञ्जाल चलिरहेको छ । पीएम सेक्रेटेरियट नामको फेसबुक पेजदेखि सचिवालयको ह्वाट्सएप ग्रुपसम्ममा यथावत्रुपले सूचना सम्प्रेषण भइरहेको पाइएको छ । प्रधानमन्त्री ओली सहभागी कार्यक्रमको स्टाटस र तस्बिरहरू पोस्ट भएका…