काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा आफूले कुनै गुट नचलाएको बताएकी छन् । विराटनगरबाट प्रकाशित हुने उद्घोष दैनिक पत्रिकाको २१औं वार्षिक उत्सव कार्यक्रमका लागि विराटनगर पुगेकी पूर्वराष्ट्रपति भण्डारीले विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै आफूलाई गुट चलाउन नआउने बताएकी हुन् । उनलाई राजनीतिमा आउन रोक लगाउने र पार्टी सदस्यता नवीकरण नगर्ने एमाले निर्णयपछि राजधानी बाहिर…