काठमाडाैं । नेकपा (एमाले)का सचिव एवं सांसद योगेश भट्टराईले अहिले एमालेमा कुनै गुट नरहेको बताएका छन् । गृह जिल्लामा रहेका भट्टराईले प्रेस चौतारी ताप्लेजुङद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सिंगो एमाले एकताबद्ध रहेको बताएका हुन् । देशको आवश्यकताले एमाले र नेपाली कांग्रेसको गठबन्धन सहितको सरकार बनकाले आगामी निर्वाचनसम्म यही सरकार रहने उनको…