राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई ललितपुरस्थित नख्खु कारागार पुगेका छन् । रुपन्देही कारागारबाट गौतमबुद्ध विमास्थल हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सिधै नख्खु पुर्याइएको हो । उनको स्वागतमा नख्खु कारागारमा रास्वपाका सांसद, नेता तथा समर्थकहरू पुगेका थिए । प्रहरीको भ्यानमा आइपुग्दा रविले भ्यानको झ्यालबाट हात हल्लाएर समर्थकहरूलाई अभिवादन गरे। समर्थकहरूले उनको समर्थनमा नाराबाजी गरे,…