काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग महत्वपूर्ण छलफल गर्दैछन् । मुख्यमन्त्रीहरूका समस्या र सुझाव प्रत्यक्ष सुन्ने उद्देश्यले आयोजित यो छलफललाई प्रधानमन्त्री शाहले संघीयतालाई थप बलियो र प्रभावकारी बनाउने दिशामा निर्णायक कदमका रूपमा अघि बढाएका छन् । प्रधानमन्त्रीका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले जारी गरेको जानकारीअनुसार…