मुगुमा भाइरल ज्वरोकाे आतंकः गाँउभर बिरामी, तीन जनाले गुमाइसके ज्यान

मुगु । जिल्लाको सोरुगाँउपाली– ६ पुरुमुरु गाँउमा ‘भाइरल’ ज्वरोका कारण तीन जनाको मृत्यु भएको छ । भाइरल ज्वरोले सोरुगाँउपालिका– ६ पुरुमुरु गाँउका वर्ष ७२ का हरिबहादुर शाही, ७५ वर्षकी कृति छन्त्याल र २४ वर्षीया कुसुम ढोलीको मृत्यु भएको सोरुगाँउपालिका– ६ जिमा गाँउका कर्णजित बुमीले बताए । जिल्लाका पुरुमुरु,जिमा,भिई,नार्थपु,सिप,ख्याल्च,वुम्च,लगायत गाउँका सर्वसाधारण भाइरल ज्वरोले पीडित भएका छन्…

Logo