नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन कायमै राख्ने

नागरिक उन्मुक्ति पार्टीले कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । आइतबार प्रदेशसभा संसदीय दलको नेता घनश्याम चौधरीको अध्यक्षतामा बसेको बैठकले मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्व सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको हो । सुदूरपश्चिम नाउपाका ७ सांसद छन् । तीमध्ये पाँच मन्त्री छन् ।

Logo