ओखलढुङ्गा । ओखलढुङ्गा जिल्लामा मतदान बिथोलिएको र गोली चल्दा एक जना घाइते भएको भनी सामाजिक सञ्जालमा फैलाइएको सूचना पूर्ण रूपमा भ्रामक र गलत रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले स्पष्ट पारेको छ । बिहीबार "सुशासन सञ्चार" नामक फेसबुक पेजबाट ओखलढुङ्गामा मतदान बिथोलिएको र गोली चल्दा एक जना घाइते भएको भन्ने अपुष्ट र भ्रामक समाचार सम्प्रेषण भएपछि…