विराटनगर। भोजपुरमा भएको आगलागीमा परी तीन जना बालबालिकाको मृत्यु भएको छ। हतुवागडी गाउँपालिका-७ पात्लेपानीमा आगलागी हुँदा एक बालिका र दुई बालकको मृत्यु भएको प्रहरीले जनाएको छ। आगलागीबाट स्थानीय रमेश कार्कीकी ७ वर्षकी छोरी दिपशिखा, ३ वर्षीय छोरा दियनिस र स्थानीय केदार कार्कीका ६ वर्षका छोरा प्रनिशको मृत्यु भएको हो। गोठमा खेलिरहेका बेला अचानक भएको आगलागीमा…