काठमाडौं । इतिहासविद् ज्ञानमणि नेपालको दोस्रो स्मृति दिवसका अवसरमा वैयाकरण नेपाल स्मृति प्रतिष्ठानद्वारा प्रकाशित बृहत् स्मृतिग्रन्थ ‘इतिहास पुरुष: ज्ञानमणि’ को लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजित कार्यक्रमको प्रमुख आतिथ्य पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र विशेष आतिथ्य न्यायशताब्दी पुरुष कृष्णप्रसाद भण्डारीले गरेका थिए । प्रतिष्ठानका अध्यक्ष एकमणि नेपालको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा प्राज्ञिक क्षेत्रका…