शुक्लाफाँटा–१० झरालीका ३५ वर्षीय रामबहादुर विष्ट बिहानीको झिसमिसेदेखि साँझ नपर्दासम्म मूर्ति कोर्नमै व्यस्त हुन्छन्। सिमेन्ट, धातु, ढुङ्गा र काठमा मूर्ति कोर्ने सौख विष्टको बचपनादेखिकै हो। ‘स्कुल पढ्दादेखिनै मूर्ति कोर्ने रुचि थियो’, विष्टले भने, ‘अरुले बनाएका मूर्तिलाई नियाल्दै बनाउन सिके, अहिले जस्तोसुकै मूर्ति पनि बनाउन सक्छु।’ मूर्ति बनाएर हुने आम्दानीले परिवारको खर्च सहजरूपमा चल्दै आएको उनी…