मधेसका महोत्तरीसहित मिथिला क्षेत्रमा आज बुधबार ‘भैयादुज’ पर्व मनाइँदैछ। यमपञ्चक अर्थात् दीपावली पर्वको पाँचौँ अर्थात् अन्तिम दिन कात्तिक शुक्ल द्वितीया तिथिमा दाजुभाइले दिदीबहिनीको निम्ता मान्दै यो चाड मनाउने मैथिल परम्परा रहँदै आएको छ। सामान्यतया पाँच दिनको हुने यमपञ्चक यसपालि भने धनतेरस गत शुक्रबार नै मनाइँदा छ दिनको भएको छ। दिनमा तिथिको भोग घटबढले यसपालि छ…