‘आरती साहको परिवारले न्याय नपाउनु दण्डहीनताको पराकाष्ठा’ -नागरिक अभियन्ता

हत्या भएको पाँच महिना पुरा हुदाँसमेत आरती साहका हत्यारामाथि कारबाही नभएको भन्दै नागरिक अभियन्ताले आक्रोश पोखेका छन् ।  १ सय ३६ दिनदेखि न्याय माग्दै परिवारले धर्ना जारी राख्दासमेत पीडितले न्याय नपाएको भन्दै नागरिक अभियन्ताले आज माइतीघर पुगेर सरकारको ध्यानाकर्षण गराएका हुन् । माइतीघर पुगेका नागरिक अभियान्ताहरुले पीडितले राज्यविहीनताको अवस्था महशुस गर्नु दुखद् भएको बताए । …

Logo