स्रोत नखुलेको २१ लाखभन्दा बढी रकमसहित एक किशोरलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । मंगलबार विराटनगर महानगरपालिका–६ बाट २१ लाख ८७ हजार नेपाली रुपैयाँसहित १६ वर्षीय किशोर पक्राउ परेको मोरङका प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान टोलीले उनलाई पक्राउ गरेको थियो । प्रदेश १–०२–०४३ प ६२४१ नम्बरको…