दसैँका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुला भएको छ। गत शुक्रबार सरकार र यातायात व्यवसायी राष्ट्रिय महासंघबीच छलफलमा सहमति भएपछि आजदेखि बुकिङ खुला गरिएको हो। दसैँको अवधिमा काठमाडौँ उपत्यकाबाट करिब २० लाखसम्म यात्रु बाहिरिने अनुमान छ।