समलिङ्गी विवाह गरेका सुरेन्द्र पाण्डे र माया गुरुङले अहिलेसम्म विवाह दर्ताको प्रमाणपत्र पाउन नसकेको गुनासो गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले विवाह दर्ताका लागि अदालतको ढोका ढक्ढकाएपनि अहिलेसम्म विभिन्न बहानमा टार्ने काम भएको बताएका हुन् । २०७६ मा समलिङ्गी विवाह गरेका उनीहरुले आफूहरुले समाजबाट मात्रै नभएर राज्यबाट पनि विभिन्न प्रकारको समस्या झेल्न…