नर्सरी सञ्चालन गरेर उत्पादन गरेको फलफूलको बिरुवा बेचेर काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-३ काफ्लेडीका लक्ष्मी घिमिरे दाहालले वार्षिक लाखौँ आम्दानी गर्दै आएकी छन्। विगत चार वर्षदेखि घर नजिकै सञ्चालन गर्दै आएको नर्सरीमा सबैखाले बिरुवा गरी वर्षको रु. १५लाख देखि रु. २० लाखसम्मको बिरुवा बिक्री हुँदै आएको उनले बताइन्। ‘शुविहान एग्रो नर्सरी’ सञ्चालन गरेर दाहालले विभिन्न जातका फलफूलका…