नरसंहारकारी दोरम्बा हत्याकाण्डको २० वर्ष बित्यो । तत्कालीन सरकार र माओवादी विद्रोहीबीच युद्ध विराम भएको बेला सेनाले नियन्त्रणमा लिएका १९ जना सहित २१ जना माओवादीका नेता कार्यकर्ता हत्या गरेको २० वर्ष भयो । दाङको हापुरेमा सरकार र माओवादी पक्षबीच वार्ता चलिरहेको थियो । वार्ता सकारात्मक हिसाबले अघि बढेको त थिएन तर भङ्ग पनि भइसकेको…