सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ लौकुनस्थित सुनकोशी नदीमा बेपत्ता सिटीइभिटीका कर्मचारी अझै फेला पर्न सकेका छैनन्। शुक्रबार बिहान ११ बजे सिटीईभिटीको कर्मचारी सवार बा १ झ ७४६७ नम्वरको जीप सुनकोशीमा खसेको थियो। जीपमा सिटिइभिटी प्रशासन महाशाखाका निर्देशक सहसचिव ५७ वर्षीय कृष्णबहादुर केसी,योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र विद्युत प्रशिक्षक ३२ वर्षीय भानु पौडेल सवार थिए। जीप…