पश्चिम बागलुङका अधिकांश गाउँमा अहिले पनि केन्द्रीय प्रसारण लाइनको विद्युत पुगेको छैन। स्थानीय लघु जलविद्युत आयोजनाबाट उत्पादित बिजुलीकै भरमा स्थानीयवासी छन्। तमानखोला गाउँपालिका–६ नर्जाखानीमा पनि स्थानीयवासी वर्षौँदेखि लघु जलविद्युत् आयोजनाकै बिजुलीमाथि निर्भर छन्। तर लघु जलविद्युत आयोजना हिउँदको समय खोलामा पानीको बहाव घट्ने हुँदा विद्युत आपूर्ति हुन नसक्ने र बर्खामा नहर नै बगाइदिने गर्दा स्थानीय मारमा पर्दै आएका…