उर्लाबारी । लेटाङ नगरपालिका–८ निवासी १६ वर्षीया किशोरीबाट जन्मिएको नवजात पुरुष शिशुलाई आमाले अस्पतालमै छाडेर गएपछि उर्लाबारी–७ स्थित नमुना बालआश्रममा अस्थायी संरक्षणमा राखिएको छ । मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, उर्लाबारीका अनुसार माघ ९ गते उक्त शिशुको जन्म भएको थियो । जन्मपछि आमाले शिशुलाई अस्पतालमै छाडेर सम्पर्कविहीन बनेपछि शिशु बेसहारा अवस्थामा परेको थियो ।…