सरकार र मिटरब्याजी पीडितबीच पटक-पटक वार्ता हुँदा पनि सहमति जुट्न नसकेपछि आजदेखि पुनः आन्दोलन हुने भएको छ । मिटरब्याजी पीडित सङ्घर्ष समितिका प्रवक्ता निर्ग नवीनले आज सोमवारदेखि बालुवाटार, संसद् भवन र सिंहदरबार केन्द्रित दबाबमूलक कार्यक्रमहरू गर्ने जानकारी दिए । विभिन्न २४ जिल्लाबाट आएका पीडितहरूले राखेका ६ बुँदे मागका विषयलाई सरकारी वार्ता टोलीले सम्बोधन नगरेपछि एकतर्फी…