होटल व्यवसायी महासङ्घ, गण्डकी प्रदेशको अध्यक्षमा बागलुङका होटल व्यवसायी अर्जुन चोखाल सर्वसम्मत निर्वाचित भएका छन्। महासङ्घको शनिबार पोखरामा सम्पन्न प्रथम महाधिवेशनले चोखालको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति चयन भएको हो। समितिको वरिष्ठ उपाध्यक्षमा दुर्गा विलास भट्टराई, उपाध्यक्षमा हरिप्रसाद पाण्डेय, महिला उपाध्यक्षमा तुलसी ज्ञवाली, महासचिवमा देवेन्द्र लम्साल, उपमहासचिवमा बालकृष्ण न्यूरे, कोषाध्यक्षमा गोपाल पौडेल र सहसचिवमा प्रल्हादजङ्ग मरासिनी…