जुम्लामा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ। तिला गाउँपालिका –४ नुवाकोटका ४७ वर्षीय आइते सार्कीले आफ्नै श्रीमती २१ वर्षीय ममता नेपालीलाई कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार मृतकको शव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पोस्टमार्टमका लागि पठाइएको छ भने सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।…