ज्यालादारी कामका लागि खोटाङ पुगेका सिरहा लौकिया महियानी गाउँपालिकाका ४० वर्षीय कासिन्दर सदा सुतेकै ठाउँमा मृत फेला परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुढेस्थित नेपाली सेनाको भवन निर्माणका क्रममा लेवरको काम गरिरहेका सदा शुक्रबार बिहान सुतेकै ठाउँमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए । दुई तीन दिनदेखि बिरामी परेका…