सातौं अन्तर्राष्ट्रिय आयुर्वेद महासभा इनटरनेशनल आयुर्वेद कंग्रेस फागुन १९ गतेदेखि सञ्चालन हुने भएको छ । बिहीवार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा बोल्दै आयुर्वेद डाक्टर्स एशोसिएशन अफ नेपालका अध्यक्ष श्यामबाबु यादवले फागुन १९ गतेदेखि २१ गतेसम्म काठमाडौंको होटल सोल्टीमा सभा सञ्चालन हुने बताए । उनले यस वर्षको मुख्य…