नाडा अटो मोबाइल्स एशोसिएशन अफ नेपालले लामो समयदेखि विभिन्न भन्सार नाकाहरुमा रोकिएका सवारी छुटाउन आग्रह गरेको छ। बिहीबार भन्सार विभागका महानिर्देशक चक्र बहादुर बुढासंगको छलफलमा नाडाले यस्तो आग्रह गरेको हो । नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले लामो समय देखि रहेका सवारीका साधनहरु छुटाउने सम्बन्धमा त्यसको सहज निकासका लागि आग्रह गरेका छन्…