पाल्पाको सत्यवतीमा आज चिच्चाएर वर माग्ने धार्मिक मेला लागेको छ । सत्यवती बज्यैले कान नसुन्ने भएकोले चिच्चाएर वदरदान माग्नुपरेको भनाइ रहेको छ । सत्यवती बज्यैसँग चिच्चाएर मागेको वरदान पूरा हुने भन्दै निकै टाढाटाढा बाट भक्तजनहरु मन्दिरमा आउने गरेका छन् । सत्यवती बज्यैसँग रातिमा मात्र चिच्चाएर वदरदान माग्ने प्रचलनलाई आजभोलि दिउँसोमा पनि वर माग्ने गरिएको छ…