प्यूठानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । जिल्लाकाे प्यूठान नगरपालिका–५ खैराबाट पूर्णगाउँतर्फ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी सुशील थापा मगरले जानकारी दिए । दुर्घटनामा ४६ वर्षीय खुमन थापा, ४३ वर्षीया बच्ची…