सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा गएरातिदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको बस्ती डुबानमा पर्नसक्ने अवस्था सिर्जना भएको छ। कैलालीका खुटिया, कान्द्रा मोहना, सुहेली चौधरलगायत नदी तथा खोलामा बाढी आउने र होचो भू–भाग डुबानमा पर्ने जोखिम देखिएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयले गएरातिदेखि भारी…