मामाघर जान निस्किएका ककनी गाँउपालिका–२ का चार वर्षीय बालक श्रेयान घिमिरे मृत भेटिएका छन् । यही बिहीबार खोला तर्ने क्रममा बगेर बेपत्ता भएका श्रेयानको शव नेपाल प्रहरीले ककनी गापा–१ स्थित नुवाकोट र काठमाडौँको सीमाक्षेत्र ठाडो खोलामा भेट्टाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । ककनी–१ सिमटारबाट बिरुवातर्फ ससुराली जाने क्रममा…