वरिपरि पक्की घर, लटरम्म धान झुलेका फाँट, भित्री सडक भए पनि पक्की बाटो तर यही परिवेशमा रहेका छन्, नेटुवा समुदायका एक दर्जन बढी फुसका घर । यी नेटुवा जाति दशकौंदेखि सरकारी जग्गामा फुसका घर बनाएर बसेका छन् । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ प्रगतिनगरमा नेटुवा समुदायको बसोबास छ । नेपाली हिन्दूहरूको महान् पर्व वडादशैंको चहलपहल चारैतिर बढिरहँदा…