मनास्लु हिमपहिरो अपडेटः दुई घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

मनास्लु हिमाल आरोहणका क्रममा सोमबार बिहान १२ बजे तेस्रो र चौथो शिविरमा जाने मार्गमा गएको हिमपहिरोमा परेका दुई घाइतेको कैलाश हेलिकप्टरबाट उद्धार गरेर काठमाडौं ल्याइएको छ ।  कैलाशका प्रबन्धक निर्देशक प्रतापजंग पाण्डेले गोरखाको सामागाउँबाट कैलाशको हेलिकप्टरले दुई जना घाइतेलाई काठमाडौं बुढानीलकण्ठमा रहेको करुणा अस्पताल ल्याएको जानकारी दिए  । घाइतेहरूमा डेन्जी शेर्पा र जीतबहादुर तामाङ रहेका छन् ।…

Logo