रौतहटको चन्द्रपुर नगरपालिका–२ लच्कामा आज बिहान बसको ठक्करबाट रिक्सामा सवार ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना महिला घाइते भएकी छिन् । मृत्यु हुनेमा रिक्सा चालक सर्लाहीको बाग्मती नगरपालिका–२ सोल्टीका ३८ वर्षीय रवि मगर, रिक्सामा सवार सोही ठाउँका ३८ वर्षीय प्रेम ठाडा मगर र ४५ वर्षीय ढक बहादुर लुंगेली मगर रहेका छन् । …