रुपन्देहीको ओमसतियामा गोली प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । गएराति करिब ११ बजे गोली चल्दा सिद्धार्थनगर नगरपालिका–१ बेलहिया बस्ने ३१ वर्षीय विकास गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बेदबहादुर पौडेलले जानकारी दिनुभयो । गुरुङको कम्मरमा गोली लागेको र भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको पौडेलले बताउनुभयो । रुपन्देहीको ओमसतिया–४ वसन्तपुरमा सडकमा हिँडिरहेको…