कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर - १ मा एक बालिका खोलामा मृत फेला परेकी छन् । चायाभावर बस्ने सन्तोश जोल्नी मगरकी सात वर्षीया छोरी तिल्सरी शुक्रबार खोलामा मृत फेला परेकी हुन् । बिहीबार करिब दिउँसो ३ बजेको समयमा घरबाट सौतेनी आमा मुनासँग निस्केकी तिल्सरीको शुक्रबार बिहान वरपानी खोलामा शव फेला परेको आफन्तले जनाएका छन् ।…