झापाको अर्जुनधारामा आज बिहान एउटा हात्ती मृत फेला परेको छ। अर्जुनधारा नगरपालिका वडा नम्बर ४ दहिझोडामा हात्ती मृत फेला परेको स्थानीय बासिन्दाले बताएका छन्। हात्ती खेतमा मृत फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो। हात्ती के कारणले मरेको भन्ने खुलिसकेको छैन। हात्तीको शरिरमा कुनै चोट देखिएको छैन। यो हात्ती भारतीय क्षेत्रबाट नेपाल आएको अनुमान छ। भारतीय…