ताप्लेजुङको सिरिजंघा गाउँपालिका-७ खेवाङमा पहिरोमा पुरिएर दुई महिलाको मृत्यु भएको छ। वर्षासँगै गएराति करिब साढे ८ बजे झरेको पहिरोले स्थानीय विष्णु अधिकारीको घर पुरिएको थियो । पहिरोमा पुरिएका विष्णुकी आमा तुलसा र श्रीमती यशोदाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी कैलाश राईले जानकारी दिए । विष्णु भने भागेर ज्यान जोगाउन सफल भएको प्रहरीले जनाएको…