स्थानीय तहमा दुई दशक लामो समयसम्म जनप्रतिनिधिविहीन हुँदा जनताको अपेक्षा अनुसारको विकास निर्मााणको काम हुन सकेको थिएन । स्थानीय आवश्यकता अनुसार विकास निर्माणका काम त भएका थिएनन् नै शुरू भएका काम समेत समयमा नसकिने समस्या थियो । जनताप्रति उत्तरदायी जनप्रतिनिधिको अभावमा दीर्घकालिन र दूरगामी महत्व, सबै क्षेत्रलाई समेटेका योजना सञ्चालन गर्ने परिपाटीको अभाव थियो ।…