गृह मन्त्रालयले रोल्पा कारागारमा बन्दी सुन्दर हरिजनले झुन्डिएर आत्महत्या गरेको घटनाबारे छानबिन गर्न एक कार्यदल गठन गरेको छ । हरिजनको मृत्युबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको गृह मन्त्रालयले जनाएको छ । कारागार व्यवस्थापन विभागका निर्देशक झरेन्द्रप्रसाद चापागाईँको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिलाई घटना सम्बन्धमा स्थलगत रूपमा समेत अध्ययन…