अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको गोदावरी नगरपालिकामा विभिन्न १३ वटा सडक परियोजना निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित सम्वद्ध अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। निर्धारित शर्त तथा मापदण्ड विपरीत निर्माण कार्य गराइएको, वास्तविक कार्यभन्दा बढी परिमाण उल्लेख गरि भ्रष्टाचार गरेको पाइएको छ। आयोगले गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टविरुद्ध…