जलेश्वर। मिथिलाञ्चलको सप्ताहव्यापी विवाह पञ्चमी उत्सवअन्तर्गत सोमबार राति मटिहानी नगरपालिकामा भगवान् रामचन्द्र र माता सीताको मटकोर विधि सम्पन्न भएको छ । सम्पूर्ण मिथिलाञ्चलमा विवाहको एक राति पूर्व मटकोर (विवाहको यज्ञवेदी निर्माणका लागि पोखरीबाट माटो खन्ने उत्सव) विधि मनाउने परम्पराअन्तर्गत भगवान् रामचन्द्र र माता जानकीको आज हुने विवाह महोत्सवको एक राति पूर्व सोमबार राति मटिहानी–७ स्थित…