बेहुली लिएर घरमा आउनुपर्ने बेहुला प्रहरी हिरासतमा पुगेका छन्। घटना झापाको हो। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता वसन्त पाठकका अनुसार हिरासतमा रहेको बेहुला डेभिट चौधरी हुन्। उनी दाइजोस्वरुप मोटरसाइकल माग्दा हिरासतमा पुगेको पाठकले बताए। शुक्रबार उनी जिल्लाको मेचीनगर नगरपालिका–१५ को पुष्पलाल राजबंशीको छोरी (बेहुली) लिन जन्तीसहित गएका थिए। तर, दाइजो नदिए बेहुली नलाने भनेको…