मेलम्ची बाढीपहिराे पीडितलाई सुख्खायाम नसकिँदै वर्षाकाे चिन्ता

सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीका बाढीपहिराे पीडितलाई सुख्खायाम नसकिँदै वर्षायामकाे चिन्ता लागेकाे छ। बाढी प्रभावित भएर घरबास गुमाएका आधाभन्दा बढी नागरिकलाई जीवन गुजारा चलाउने चिन्ता सँगसँगै नजिकिँदो बर्खाले पनि पिरोल्न थालेको छ। मेलम्चीकी रमा धिताल भन्छिन्, 'जग्गाको कमाइ बेचेर घर व्यवहार चलेको थियो। अहिले गुजारा गर्न धौ-धौ भएको छ। अहिले कोठा भाडामा बस्दै आएका छौँ। कमाइ…

Logo